कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनीत

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेका कानुन विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गरेका छन् ।

उनले आज  कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् । विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरे मनोनीत भएकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सुझावित समाचार