भ्रष्टाचारमा पाँचवर्षे हदम्याद हटाऔँ : गृहमन्त्री

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार विधेयकमा पाँचवर्षे हदम्याद हटाउनुपर्ने बताएका छन् । शुक्रबार भ्रष्टाचार निवारण विधेयकमा राज्यव्यवस्था तथा सुशासन समितिको छलफलमा उनले  कुनै पनि अवधि नतोकी हदम्यादलाई हमेसा खुला राख्नुपर्ने बताए ।

भ्रष्टाचारीलाई जतिखेर पनि मुद्दा चल्न सक्ने बनाउनुपर्नेमा जोड दिँदै मन्त्री लेखकले यो विधेयकबाट पाँचवर्षे अवधि हटाउन सांसदहरूले पनि छलफल गरिरहेको उल्लेख गरे । यो विषयमा संसद् र बाहिर पनि छलफल भइराखेको बताए ।  

उनले भने, ‘सरकारको धारणा यही हो । जहिलेसुकै मुद्दा चल्ने अवस्था सुनिश्चित गरौँ । सरकार पाँचवर्षे हटाउन तयार छ । समितिले थप छलफल गरोस् ।’ सरकारले नै गरेकाे हदम्यादकाे प्रस्ताव गृहमन्त्रीले फिर्ता लिएका हुन् ।

सुझावित समाचार