अप्रिलिया स्टोर्म १२५ बिएस ६ स्कुटर बजारमा

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

भेस्पा र स्पोर्टी अप्रिलिया ब्रान्डका स्कुटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रालिले नाडा अटो सोमा बहुप्रतीक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बिएस ६ स्कुटर लन्च गरेको छ । १२५ सिसी प्रिमियम स्कुटरको वर्गमा लोकप्रिय रहेको बिएस ६ स्कुटर युवावर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाइन गरिएको कम्पनीले जनाएको छ । यसको मूल्य  तीन लाख २४ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ ।

डेल्टा अटोकोर्पका निर्देशक तथा सिइओ विजय के महतोले प्रिमियम इटालियन ब्रान्डमार्फत उपभोक्ताको अनुभवलाई अझ स्मरणीय बनाउने आफूहरूको प्रतिबद्धता रहेको बताए । ‘नयाँ अप्रिलिया स्टोर्म १२५ बिएस ६ ले रोमाञ्चक सवारी प्रदर्शनलाई पूरा गर्न हाम्रो प्रविधि प्लेटफर्मलाई थप मजबुत बनाउँदै बजारमा नयाँ मापदण्डहरू सेट गरेको छ,’ उनले भने । 

त्यस्तै, कम्पनीले सोमा ‘सेभिङ्स एक्स्ट्राभागेन्जा स्किम’को घोषणा गरेको छ । यो स्किममा अप्रिलिया वा भेस्पा स्कुटर बुक गर्ने ग्राहकले १५ हजारदेखि ७५ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । 

सुझावित समाचार