‘हेर्ने कथा’का प्रकाश तामाङलाई कोशी सरकारले सहयोग गर्ने

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारको सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई सहयोग गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रकाशलाई आफ्नो सीपको दक्षताअनुसार  कृषि र पशुपालन व्यवसाय गर्न सरकारले सहयोग गर्ने बताए  ।

मुख्यमन्त्री कार्कीले ‘हेर्ने कथ’मा आफ्नो प्रदेशको नागरिकको पीडा हेरेर आफू मर्माहत भएकाले प्रकाशलाई आवश्यक सहयोग गर्न तयार भएको बताएका हुन् । उनका अनुसार संघीय सरकारबाट नागरिकताका लागि पहल भइरहेको र  प्राप्त गर्नेबित्तिकै कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेसा गर्न चाहेमा सरकारले सहयोग गर्नेछ ।

मुख्यमन्त्री कार्कीले भने, ‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिने थियो, नभएकोले उनको सीपअनुसारको उद्यमका लागि सहयोग गर्न कोशी सरकार तयार छ ।’   

‘हेर्ने कथा’ टिमले  गोर्खाको चुमभ्यालीमा फेला पारेका प्रकाशलाई ३५ वर्षपछि परिवार पत्ता लगाएर पुनर्मिलन गराएको थियो।   

सुझावित समाचार