घरमै लागुऔषध बिक्री–वितरण गरेको आरोपमा एक पक्राउ

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

आफ्नै काकाको घरमा प्रतिबन्धित लागुऔषध बिक्री–वितरण गरिरहेको आरोपमा सिराहा प्रहरीले मिर्चैयाबाट एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आफ्नै काकाको घरमा लागुऔषध बिक्री–वितरण गरिररहेको गोप्य सूचनाको आधारमा बुधबार मिर्चैया नगरपालिका– ६ मटियर्वाका करिब २५ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमै नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा एक थान मोबाइल, नगद आठ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए। 

प्रहरीले नियन्त्रणमा लिएलगत्तै उनले दिएको बयानको आधारमा काकाको घरको कोठाभित्र प्लास्टिकको बोरामा लुकाएर राखेको लागुऔषध बरामद भएको उनले बताए।

उनका अनुसार प्लास्टिकको बोरामा ६५ बोतल कोडिवेल र खाली बोतल ७० थान, नाइट्राभेट दुई पत्तामा तीसवटा र स्याम्पेक्स तीन पत्तामा २७ वटा बरामद भएको उनले बताए । यादवलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार