संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित

फाइल तस्बिर

सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन्।

सभामुख घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार सभामुखले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गरेका हुन्।

सो विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको छ। गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रिय सभाले पारित गरेको थियो।

सभामुखले प्रमाणित गरेका यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको मान्यता पाउनेछ।

सुझावित समाचार