रोल्पामा चारजनामा हैजा पुष्टि

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

रोल्पामा चारजनामा हैजा संक्रमण देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार रोल्पा नगरपालिकाको धवाङका चारजनामा हैजा पुष्टि भएको हो। संक्रमितको जिल्लामै उपचार भइरहेको जनाइएको छ।

योसँगै नेपालमा यो वर्ष हैजा संक्रमितको संख्या ७१ पुगेको छ। यसअघि मकवानपुरमा १ जना, प्युठानमा २ जनामा संक्रमण देखिएको थियो। साथै, ललितपुरमा ४७ जना, काठमाडौंमा ९, कैलालीमा ८ जना गरी ७१ जनामा संक्रमण देखिएको हो।

रोल्पामा देखिएका बिरामीबाहेक सबैजना निको भइसकेका एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

सुझावित समाचार