सरकार कुराभन्दा कामतिर आकर्षित होस् : सांसद केसी

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कुरैकुरामा मात्रै सरकार अल्झिनु नहुने बताएका छन् । उनले कुराभन्दा कामतिर आकर्षित हुन सरकारलाई आग्रह गरे ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले जनतामा आशा, भरोसा र विश्वास निर्माण गर्नका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने उल्लेख गरे ।

आफू पनि सरकारको एक अंग भएको बताउँदै उनले आफूले सरकारलाई आक्षेप लगाउन नखोजेको प्रस्ट पारे । तर, उनले सरकारको अहिलेको गतिविधि कामभन्दा कुरामा बढी अल्झिरहेको बताए । 
 

सुझावित समाचार