राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकालको साधारण सदस्यता पनि खारेज गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकालको साधारण सदस्यता खारेज गरेको हो।
यसअघि गत असार २५ गते रास्वपाले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको थियो।
पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको थियो।