नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण
नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली

सैनिकमञ्चमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओली । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका ।

प्रधानमन्त्री केपी ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन्।

सैनिक मञ्चमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाली समाज कसैले पनि बिथोल्न र भड्काउन नसक्ने बताएका हुन्।

नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण गतिविधि भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको उनको भनाइ थियो।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरापर्व नेपालको मौलिक पर्व भएको चर्चा गरे। 

सुझावित समाचार