नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छ : मन्त्री पाण्डे

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण
नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छ : मन्त्री पाण्डे

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन्।

सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘नेपाल एयरलाइन्स खस्किएको छ। अत्यन्तै कमजोर भएको छ। त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ। नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ। यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्नेछ।’

आधा शताब्दी पुस्तकमा पर्यटन क्षेत्रमा भएको विकृति, विसंगतिबारे समेत उल्लेख भएको बताउँदै मन्त्री पाण्डेले यस क्षेत्रको सुधारका लागि सम्बद्ध सबैले निष्ठापूर्वक लाग्नुपर्ने भनाइ राखे।

सुझावित समाचार