जापानमा शक्तिशाली चक्रवातको चेतावनी

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण
जापानमा शक्तिशाली चक्रवातको चेतावनी

तस्बिर : जापान मौसम विज्ञान एजेन्सी

जापानमा यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी जारी गरिएको छ। मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन्।

आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ।

जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भने भारी वर्षाले प्रशान्त तटमा क्षति पुर्याएको छ।

यस क्षेत्रमा तटीय रेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो।

सुझावित समाचार