विद्युतीय कार मात्र होइन, भ्यान र माइक्रोबसमा समेत उपभोक्ताको आकर्षण बढ्दै गइरहेका वेला नयाँ विद्युतीय म्याजिक नेपाल आएको छ।
एसआरएम ब्रान्डले नेपालमा नै पहिलोपटक छोटो दूरीलाई लक्षित गरेर नयाँ विद्युतीय म्याजिक बजारमा ल्याएको हो । इनर्जी मोटर्स प्रालिले एसआरएम म्याजिक इभीको भरतपुर केन्द्रीय बस टर्मिनलमा रहेको आफ्नो शाखामा एक कार्यक्रमबिच सार्वजनिक तथा बिक्रीका लागि बुकिङ खुल्ला गरेको हो।
विशाल ग्रुप प्रालिका सिइओ विवेक बिजुक्छेका अनुसार एसआरएम म्याजिक इभीमा आधुनिक र आकर्षक डिजाइनसहितको पावरफुल इलेक्ट्रिक मोटर र लामो समय टिक्ने ब्याट्रीको सुविधा छ।
सहरी क्षेत्रको यसले दैनिकीलाई सहज बनाउनेछ । अहिले बुकिङको समयमा कम्पनीले ३७ लाख पर्ने गाडीलाई दुई लाख छुटमा दिनेसमेत बताएको छ। ६ वर्षसम्म तीन लाख ६० हजार किलोमिटरको वारेन्टी कम्पनीले गाडीमा दिएको छ। यो म्याजिक फुल चार्जमा दुई सय ४० किलोमिटर गुड्ने बिजुक्छेले बताए ।
११ जना क्षमता भएको यो म्याजिकमा इलेक्टोनिक पावर स्टेयरिङका साथै ड्राइभिङ टाइप रियर ह्विल ड्राइभ रहेको छ । ह्विल हर्व मटेरियल अल्लोई ह्विल रहेको छ भने उक्त भ्यानमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ।