सिएफ मोटो–४५० बाइक बजारमा

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

सिएफ मोटो ४५०–एमटी बाइक नेपालमा सार्वजनिक भएको छ । ऋषि ट्रेड सेन्टरद्वारा वितरण गरिने ४५०–एमटी बाइकले एड्भेन्चर टुरिङ अनुभवलाई नयाँ परिभाषा दिने बताइएको छ । अत्याधुनिक डिजाइन, शक्तिशाली पर्फमेन्स र उत्कृष्ट सुविधाले यो बाइकलाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूका लागि एक योग्य साथी बनाउने कम्पनीको दाबी छ ।

यो बाइकले सहरको खाल्डाखुल्डीमा यात्रा गर्दा पनि स्मुथ र पावरफुल राइड दिनेछ । यो बाइक दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध रहेको बताइएको छ ।

बाइकमा पूर्ण रूपमा डिजिटल टिएफटी ६ इन्चको डिस्प्ले रहेको छ । यसमा स्पिड, फ्युल लेभल, ट्रिप इन्फो डिस्प्ले हुनेछन् । साथै, डिस्प्लेको दृश्य राइडरले आफ्नो चाहनाअनुसार बदल्नसमेत सक्नेछन् । १७.६ लिटरको फ्युल ट्यांकले रिफ्युलिङविना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउनेछ भने २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोसकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

सुझावित समाचार