संखुवासभामा चट्याङ लागेर एकजनाको मृत्यु

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

संखुवासभाको सिलिचोङ गाउँपालिकामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका–४, मूलगाउँनिवासी ३३ वर्षीय तीर्थ कटुवाल रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताए।

उनका अनुसार गएराति साढे ८ बजेतिर घरको बरन्डामा बसिरहेको समयमा कटुवाललाई चट्याङ लागेर गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल खाँदबारीमा उपचारका क्रममा चिकित्सकले आज दिउँसो पौन १ बजे मृत घोषणा गरेको हो। 

सुझावित समाचार