सर्पले डसेर दिदीबहिनीको मृत्यु

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

सर्पले डसेर कैलालीको गौरीगंगा नगरपालिका– ७, महुलियामा दुई बालिकाको मृत्यु भएको छ । सात वर्षीया काजल घर्तीमगर र उनकी बहिनी चार वर्षीया निताको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नै घरको भुइँ तलामा राति खाटमा सुतिरहेका वेला सर्पले टोकेपछि उनीहरूलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । दुवै बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए ।

सँगै सुतेकी बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगरलाई पनि सर्पले टोकेको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

See More On

सुझावित समाचार