रिलायन्स फाइनान्स र काठमाडौं मेडिकल कलेज (केएमसी)बिच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार फाइनान्सका ग्राहकले केएमसीले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
संस्थाले देशभरका २१ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । साथै, निक्षेप तथा कर्जा, रेमिट्यान्स सेवा, सि–आस्बालगायत विभिन्न सेवासमेत प्रदान गर्दै आइरहेको जनाएको छ ।