ग्लोबल आइएमई र आध्यान्त फन्डबिच सम्झौता

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन विभागका प्रमुख चित्रकुमार चालिसे तथा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका हुन् ।

बैंक र आध्यान्तबिचको सहकार्यले उद्यमीलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पहुँच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

आध्यान्त फन्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीको व्यापार–व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । 

See More On

सुझावित समाचार