एक लाख ७१ हजार नगदसहित जुवातास खेल्ने १३ जना पक्राउ

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

बारा प्रहरीले एक लाख ७१ हजार नगदसहित जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरका मोतिलाल प्रसादको घरमा शुक्रबार दिउँसो छापा मार्दा एक लाख ७१ हजार नगदसहित जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको हो। 

उनीहरूको साथबाट नेपाली एक लाख ७१ हजार दुई सय ८० रुपैयासमेत बरामद गरिएको बारा प्रहरीले जनाएको छ। उक्त रकमसहित १३ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

पक्राउ पर्नेमा बारा जिल्ला महागढीमाई नगरपालिका-, १ घर भएका ५६ वर्षीय राजेन्द्र साह कानु, ४३ वर्षीय मनोजप्रसाद कुशवाहा, ५० वर्षीय विनोद प्रसाद, ५३ वर्षीय मोतिलाल प्रसाद, ६० वर्षीय जतिकर हुसेन, ४० वर्षीय मोतिलालप्रसाद कुशवाहा, ४३ वर्षीय राजुप्रसाद कुशवाहा, ५० वर्षीय अच्छेलाल महतो, ५९ वर्षीय कस्तूरी साह, ३८ वर्षीय राजकिशोरप्रसाद कुशवाहा, ४१ वर्षीय जितेन्द्र तिवारी, सुवर्ण गाउँपालिका- २, का ४८ वर्षीय सुकदेवप्रसाद यादव र सुवर्ण गाउँपालिका- ८, का ३५ वर्षीय मुस्ताक खान पैठान रहेका छन्।

See More On

सुझावित समाचार