ज्ञान संस्कारसहित चार स्कुलले भारतमा स्केटिङ च्याम्पियनसिप खेल्ने

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

ज्ञान संस्कार इन्टरनेसनल स्कुल प्रथम इन्डिया–नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा सहभागी हुने भएको छ। 

अगस्ट २४ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन नेपाली टिम शनिबार भारतको पश्चिम बंगालस्थित नाडिया प्रस्थान गर्नेछ। 

सहभागी खेलाडीमा रोज बडू, काश्भी भट्टराई, समन पाण्डे, स्लोकसेन थापा, समिरन भुसाल, जुन बडू, जियाना अर्याल र स्नेहा पाण्डे छन्। 

त्यस्तै, विल्सन एकेडेमी, ट्रिटन इन्टरनेसनल स्कुल र शिव नर्सिङ शिक्षालयले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन्। विल्सन एकेडेमीबाट स्वराज भारती, प्राञ्जल गिरी र सम्मिश्रण थापा रहेका छन्। शिव नर्सिङ शिक्षालयबाट आशिया तामाङ, विमस शाही, रेमन गुरुङ र सात्भिक मल्होत्रा रहेका छन्। ट्रिटन इन्टरनेसनल स्कुलबाट आयुश सिटौला र सुमित ठाकुर तथा अन्यबाट इमोन यादव र श्रीवत्स श्रेष्ठ छन्।

टोली प्रमुखमा नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा अभिषेक मानन्धर तथा प्रशिक्षकमा अनिल तामाङ र राहुल खत्री क्षेत्री रहेका छन्। टोलीसँगै ज्ञान संस्कारकी प्रिन्सिपल निलम बडू र शिक्षिका सानी महर्जन पनि भारत जानेछन्। 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिन्।

सुझावित समाचार