सात प्रदेशमा एनसेलका १८ सामाजिक कार्यक्रम कार्यान्वयनमा

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर)अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकाससम्बन्धी विभिन्न आयोजना सञ्चालन गरेको छ । कम्पनीले गत वर्ष १८औँ वार्षिकोत्सवको अवसरमा ‘एटिन फर एटिन’ अर्थात् १८औँ वर्षका लागि १८ सामाजिक पहलका लागि आवेदन खुला गरेको थियो ।

जसका लागि एक सय ६५ भन्दा बढी आवेदन प्राप्त भएका थिए । प्राप्त आवेदनमध्येबाट १८ वटा विकास कार्य छनोट गरी सातै प्रदेशमा कार्यान्वयन भइरहेको कम्पनीले जनाएको छ ।

छानिएका परियोजनामा बागमतीमा प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता, कला तथा संस्कृति प्रवर्द्धन कार्यक्रम रहेका छन् भने गण्डकीमा विभिन्न कारणले गर्दा स्कुल जान छाडेकालाई पुनः स्कुल फर्काउने, हुप्सेकोटमा स्वास्थ्यसम्बन्धी कार्यक्रम रहेका छन् ।

साथै, कोशीमा ६ हजार महिलाको पाठेघरको क्यान्सर स्क्रिनिङ, लुम्बिनीमा हेल्थ क्याम्प, सामुदायिक विद्यालयमा ग्रिन स्कुलको अवधारणालगायतका कार्यक्रम सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार