परिसंघको युवा उद्यमी मञ्च अध्यक्षमा अग्रवाल

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ)को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारणसभाले ०२४–२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । 

व्यावसायिक क्षेत्रमा सन् २०१३ देखि सक्रिय रहेका नवनिर्वाचित अग्रवाल टौरस फर्माका निर्देशक हुन् । उनी मञ्चमा सन् २०१९ देखि सक्रिय छन् । यसअघि ०२३÷२४ को अध्यक्ष अनुराग गोयल थिए ।

अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिमा मनीष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एन्ड कम्युनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एन्ड एक्सपान्सन चेयर) र साइनी खेतान (स्टार्टअप चेयर) चयन भएको परिसंघले विज्ञप्तिमार्फत जनाएको छ ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा सरकार तथा नियामकीय निकायहरूलाई नीतिगत सुझाव दिन नयाँ कार्यसमितिलाई सुझाव दिए । उनले भने, ‘देशमा रोजगारी बढाउन र औद्योगिक विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्चले भूमिका खेल्नुपर्छ ।’ मञ्चका निवर्तमान अध्यक्ष गोयलले नयाँ टिमले संस्थालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । स्टार्टअप र युवा उद्यमीलाई प्रोत्साहनको खाँचो रहेको बताउँदै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने युवालाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए । 

See More On

सुझावित समाचार