हेटौँडा उपमहानगरपालिकाले वैज्ञानिक महावीर पुनको अभियानमा समर्थन गर्ने उद्देश्यले पाँच लाख रुपैयाँबराबरका पुस्तक किनेर सहयोग गर्ने भएको छ।
पुस्तक बिक्री अभियान लिएर उपमहानगरपालिकाको कार्यलय पुगेका पुनसँग भेट गर्दै मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पाँच लाख रुपैयाँबराबरका पुस्तक किनेर अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले २०२ दिनदेखि पुस्तक बिक्री अभियान लिएर हिँडिरहेका पुन एक साताअघि भरतपुर हुँदै हेटौँडा आइपुगेका हुन्।
सुदूरपश्चिम प्रदेशबाट अभियान सञ्चालन गरेका वैज्ञानिक पुन लुम्बिनी, गण्डकी हुँदै बागमती प्रदेशको चितवन र हेटौँडामा पुस्तक बिक्री गरिरहेका छन्। पुस्तक बिक्री अभियान अझै केही दिन हेटौँडामा सञ्चालन गर्ने उनले बताए।
वैज्ञानिक पुनलाई कार्यालयमा स्वागत गर्दै मेयर मीनाकुमारी लामाले पवित्र उद्धेश्यले सञ्चालन गरिएको अभियानमा उपमहानगरले साथ दिने बताइन्। उनले नगरका विभिन्न वडा कार्यलय, पुस्तकालय, ज्ञान केन्द्रहरूका लागि पुनको पुस्तक खरिद गरेर अध्ययनका लागि राख्ने व्यवस्था मिलाउने बताइन्।
देशभर पुस्तक बिक्री अभियानमा रहेका वैज्ञानिकले अहिलेसम्म एक लाख २५ हजार पुस्तक बिक्री गरिसकेको जानकारी दिए। नेपालको कुल जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरिद गरे पनि कारखाना सञ्चालनका लागि २० करोड रुपैयाँ संकलन गर्न सकिने उनले बताए।
हेटौँडा उपमहानगरले महावीर पुनको पाँच लाखबराबरको पुस्तक किन्ने
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
राष्ट्रपतिद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। मन्त्रिप…
दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन
काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छिन्…
तीन जिल्लाका सिडिओ फेरिए, कपिलवस्तुमा ज्ञवाली, उदयपुरमा शाही
काठमाडौं- गृह मन्त्रालयले तीन जिल्लामा नयाँ सिडिओ खटाएको छ। कपिलवस्तुमा तोयनारायण सुवेदी, उदयपुरमा कृष्णबहादुर शाही र अर्घाखा…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बैठक…
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त…
सिडिओसहित गृह मन्त्रालयका ३२ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३२ जना कर्मचारीको सरुवा गरेको छ। सरुवासँगै विभिन्न जिल्ला तथा म…