टिआरसी विधेयक राष्ट्रिय सभाबाट पनि पारित

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पनि पारित भएको छ।

साउन ३० गते बुधबार प्रतिनिधिसभाबाट पारित टिआरसी विधेयक आज बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत पारित गरेको हो।

प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा आएको उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेका थिए।

सुझावित समाचार