बंगलादेशविरुद्ध नेपाललाई २-१ को अग्रता

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण
बंगलादेशविरुद्ध नेपाललाई २-१ को अग्रता

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

घरेलु टोली नेपालले साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशविरुद्ध पहिलो हाफमा २-१ काे अग्रता लिएको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा नेपालका लागि समीर तामाङ र नीराजन धामीले गोल गरे ।

बंगलादेशका लागि मिरजुल इस्लामले पेनाल्टीमा गोल फर्काएका हुन्। यो खेलपछि समूह ‘ए’ को विजेता टुंगो लगाउने छ । पहिलो खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए ।

सुझावित समाचार