कमल शर्मा आचार्यको शब्द रहेको ‘भोगाइ’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार आचार्यले गीतमा आमनेपालीले भोग्दै आएको कथा समेटेका छन्।
गीतलाई गायक प्रमोद खरेलले स्वर दिएका छन् भने अर्जुन पोखरेलले संगीत भरेका छन्। गीतको भिडियोमा विकास लामिछाने र बाल कलाकारमा शुभांग शर्मा आचार्यको अभिनय छ।
कमल शर्मा आचार्य आफैँले निर्माण गरेको गीतको भिडियोलाई कोसिस क्षेत्रीले निर्देशन गरेका हुन्। भिडियोमा विदेश गएका छोरा–छोरीको एकल बुबा–आमाको भोगाइलाई चित्रण गर्न खोजिएको छ।