कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ।
कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि विना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षणभरमै रु. दुई लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइने बताइएको छ। इसेवामार्फत लिइने इजी लोन सुविधामा लागू हुने थप सर्तहरूबारे इसेवाको वेबसाइट–एपमार्फत जानकारी लिन सकिनेछ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ एकाइहरूमार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ।