‘विदेशी लगानीका जलविद्युत् आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्नुपर्छ’

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकहरूले विदेशी लगानीका ठुला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी जलविद्युत् आयोजनाले लगानी नपाएको बताएका छन्।

बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा कार्कीले विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भएको बताए।

‘बैंकहरूसँग जलविद्युतमा गर्ने लगानीको एउटा सानो सीमा छ,’ उनले भने, ‘विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन्। विदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ।’

अध्यक्ष कार्कीले विद्युत् विधेयकले नेपाली निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, निर्माणाधीन ३० भन्दा बढी जलविद्युत् आयोजनाले आइपिओ निष्कासनका लागि लामो समयदेखि अनुमति नपाएको, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, भन्सार दर एक प्रतिशतबाट २८ प्रतिशत पुर्याइएकोलगायतका विषयमा कार्यक्रममा उपस्थित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका थिए।

See More On

सुझावित समाचार