दुई सातादेखि शिक्षक बेपत्ता

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

जाजरकोटको कुसे गाउँपालिका– ७ धनराशि गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगन्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे– ७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् । 

उनी गत साउन १४ गते घरबाट नेपालगन्ज गएका थिए । साउन २५ गते नेपालगन्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटेलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँडेका आफन्त गोपी सिंहले जानकारी दिए ।  

सुझावित समाचार