स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु. एक लाख ५३ हजार कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुन प्रतितोला रु. एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मंगलबार प्रतितोला रु. एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु. आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु. १५ ले बढेको छ। मंगलबार प्रतितोला रु. एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ३५ निर्धारण भएको छ ।