सल्यानमा सात घर पहिरोको उच्च जोखिममा

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

अविरल वर्षापछि जमिन भासिँदा सल्यान धनवाङका सात घर पहिरोको उच्च जोखिममा परेका छन्। कपुरकोट गाउँपालिका– ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरको फिल्डमाथिबाट खसेको पहिरोले सात घर जोखिममा परेको वडाध्यक्ष मित्र कठायतले जानकारी दिए । 

कृष्णबहादुर चन्द, सीताराम विक, साेमराज थापा, ओमबहादुर थापा, भीमबहादुर विक, तुल्सीसिंह थापा र पूर्णबहादुर थापाको घर पहिरोको उच्च जोखिममा रहेको उनले बताए। महत्त्वपूर्ण सामाग्री निकालेर सुरक्षित स्थानमा बस्नका लागि जोखिममा रहेका घरपरिवारलाई अनुरोध गरिएको वडाध्यक्ष कठायतको भनाइ छ । 

यस्तै, कपुरकोट–फालावाङ सडकखण्डको किमुचौरमा सडक भासिएको छ। पहिरोले सडक भासिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण कपुरकोट गाउँपालिकालगायत जिल्लाका विभिन्न स्थानीय तहमा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्।
 

See More On

सुझावित समाचार