नाडा अटो सोमा केईका तीन मोडेल सार्वजनिक हुँदै

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

नाटा अटो सोमा केईका तीन मोडेल सार्वजनिक हुने भएका छन् । केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इ–मोबिलिटीले ती मोडेल सार्वजनिक गर्न लागेको हो । 

यसै सन्दर्भमा कम्पनीले लन्च गर्ने तीन मोडेलको नाम बताई पुरस्कार जित्ने सोसल मिडिया क्याम्पेनसमेत गरेको छ । यस क्यापेनमा सहभागी जनाउन केईको फेसबुक तथा इन्स्टाग्राम पेजमा गएर अनुमानित मोडेलको नाम लेख्नुपर्नेछ । 

सहभागीमध्येबाट तीनवटै मोडेलको सही पहिचान गरी उत्तर दिने एकजना विजेताले मिक्स्चर प्राप्त गर्न सक्नेछन् । क्याम्पेन १० भदौसम्म चल्नेछ ।

सुझावित समाचार