सिटिजन्स बैंक इन्टरनेसनलले ‘पार्टनर फर प्रोग्रेस’ (हजुरको प्रगतिको सहयात्री) भिडियो प्रतियोगिताका विजेतलाई पुरस्कार वितरण गरेको छ । बैंकले ग्राहकसँगको संलग्नतालाई बढाउन जेठ–असार महिनामा ‘पार्टनर फर प्रोग्रेस’ फेसबुक भिडियो प्रतियोगिता आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ–संस्थालाई सबैमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।
छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक समारोहबिच सम्मानस्वरूप चेक हस्तान्तरण गरे । उत्कृष्टमध्ये प्रथम निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठ भएका थिए । तीनैजना विजतेलाई क्रमशः ५०, ३० र २० हजार नगद पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ ।
उत्कृष्ट हुनेहरूले भिडियोमार्फत जीवनमा सफलता प्राप्त गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यजस्तै श्रीमतीका लागि श्रीमान् र बच्चाहरू, बहिनीका लागि दाजु र छोराका लागि बुबाको भूमिका महत्वपूर्ण हुने कुरा दर्साएको बैंकले जनाएको छ ।