सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूसँगको संलग्नतालाई बढाउन गत जेठ र असार महिनामा पार्टनर फर प्रोग्रेस/हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गरेको थियो।
प्रतियोगिताको समाप्तिसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुरस्कारस्वरूप चेक हस्तान्तरण गरेका छन्।
व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघसंस्थालाई सबैमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको हो। जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरू जस्तै श्रीमतीको लागी श्रीमान् र बच्चाहरू, बहिनीका लागि दाजु तथा छोराका लागि बुबाको भूमिका निकै नै महत्त्वपूर्ण हुने कुरा उनीहरूले आ–आफ्नो भिडियोमार्फत दर्शाएका छन्।