बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्।
संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङको सिफारिसमा काफ्ले मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्।
काफ्लेलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा आइतबार नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी दिए।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ का काफ्ले २५ वर्षदेखि निरन्तर कानुन व्यवसायीको रूपमा काम गर्दै आएका छन्।
नेपाल बार एसोसिएसनको सदस्य रहेका काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याणमन्त्री लीला कोइरालाको कानुनी सल्लाहकारको रूपमा काम गरेका थिए।