प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्जले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा दुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

जर्मनी नेपालको एक ठूलो र पुरानो विकास र व्यापारको साझेदार मुलुक हो। प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गरे।

भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

सुझावित समाचार