गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । 

गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरचोकनजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा.३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ओखलढुंगा चिसंखुगढी गाउँपालिका‐ ४ छहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो । उक्त ‘फुटेज’ हेर्दा ट्रकचालक मुख्य दोषी रहेको पाइएको छ ।

घटनास्थलबाट फरार भएका ट्रकचालक सर्लाही मलंगवा नगरपालिका‐ २ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।
 

सुझावित समाचार