सोलुखुम्बु हिमपहिरो : करिब २० घर पुरिएको आशंका

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ थामेगाउँमा गएकाे हिमपहिरोले करिब २० घरमा क्षति पुर्याएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा  हिमपहिरो जाँदा दुधकोशी नदीमा भीषण बाढी आएको छ ।

हिमपहिरो गएको  खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको थियो । नेपाली सेनाका अनुसार हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । 

सुझावित समाचार