नेसनल लाइफको ब्रान्च म्यानेजर्स एनुअल कन्फरेन्स

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सले ‘सेपिङ द फ्युचर’को नारासहित चारदिने ब्रान्च म्यानेजर्स एनुअल कन्फरेन्स सम्पन्न गरेको छ । कम्पनी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले आव ०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने तथा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखा र उत्कृष्ट ठहरिएका पाँच शाखालाई सम्मान तथा पुरस्कृत गरिन् । 

जीवन बिमा कम्पनीको चुनौतीको विवेचना गरी चालू आवको लक्ष्य निर्धारणका लागि आयोजना गरिएको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीलगायत दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसात् गर्दै अगाडि बढेकाले कम्पनीको उच्च बोनस दरलाई यथावत् राख्न सकिएको बताए ।

साथै, उनले प्रथम बिमाशुल्क पाँच अर्बभन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सूचकांकहरूमा पनि सकारात्मक वृद्धि गर्न सम्भव हुनुमा सबै धन्यवादको पात्र भएको बताए ।

सुझावित समाचार