लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने भएको छ । बिहीबार सम्पन्न कम्पनीको विशेष साधारणसभाले सञ्चालक समितिले पेस गरेको आइपिओ निष्कासनको प्रस्ताव पारित गरेको हो ।
कम्पनीले जारी पुँजीअन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याएकोे ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाखको १०० अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । साथै, आइपिओ बिक्रीबाट प्राप्त हुने २२ करोड ५० लाख रुपैयाँ विभिन्न क्षेत्रमा उपयोग गरिने कम्पनीले जनाएको छ ।