एनसेल प्रयोगकर्ताले रोमिङका वेला कुनै पनि सर्ट कोड वा सेवाप्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटिपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने सूचना आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने बताएको छ ।
यसरी प्राप्त गरिने वा पठाइने सूचनाले विशेष गरी केवाइसीमा मोबाइल नम्बर चाहिने र आमनेपाली नागरिकलाई आफ्ना सेवा–सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटाबेस राख्ने सरकारी निकायहरूलाई ठूलो महत्व राख्ने एनसेलको भनाइ छ ।
विविध डिजिटल सेवाको प्रयोग बढिरहेको अवस्थामा प्रयोगकर्ताले एप्लिकेसन टु पर्सन (एटुपी) म्यासेज ओटिपी, एसएमएस र अन्य नोटिफिकेसनका रूपमा प्राप्त गर्नेछन् । यस्ता ओटिपी, एसएमएस र नोटिफिकेसन सरकारी निकाय, अर्धसरकारी निकाय, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघ–संस्था र गुगल र फेसबुकजस्ता विश्वव्यापी प्लेटफर्मले पठाउनेछन् ।
‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटुपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटुपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहक सधैँ अन रहेको देखाउँछ,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘एनसेलका ग्राहकले आन्तरिक राजस्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था र विभिन्न सामाजिक सञ्जालबाट ओटिपी प्राप्त गर्दै आएका छन् ।’