हत्या आरोपमा धादिङबाट दुईजना पक्राउ

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ७, का रिम्के सार्कीको हत्या आरोपमा प्रहरीले त्रिपुरासुन्दरी– ७, खहरेका ४२ वर्षीय नवराज धरेल र नेत्रावती डबजोङ गाउँपालिका–५, पौवाका ३२ वर्षीय भुवन श्रेष्ठलाई पक्राउ गरेको छ।

सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धरेल र श्रेष्ठलाई ज्यानसम्बन्धी (कर्तव्य ज्यान) कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। आरोपीहरूलाई साउन २७ गते पक्राउ गरी ७ दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान भइरहेको छ। मिश्रका अनुसार पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

रिम्के सार्कीको खहरे बजारमा जुत्ता सिउने पसल छ। आरोपित नवराज धरेल त्यहीँका स्थानीय हुन्। सोही ठाउँमा अर्का आरोपी भुवन श्रेष्ठको पनि घडी, मोबाइल पसल छ। साउन १० गते करिब ९ बजे राति मोटरसाइकलको चाबीको निहुँमा विवाद हुँदा झगडा भएको बताइएको छ।

सुझावित समाचार