रोटरी क्लब अफ मकवानपुरको आयोजनामा हेटौँडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले २४ भदौमा तेस्रो मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । ४० वर्षदेखि माथि उमेर समूहका खेलाडीले सहभागिता जनाउने क्लबका अध्यक्ष अनिवल अग्रवालले बताए । उनका अनुसार प्रतियोगिता ११ ए साइडको हुनेछ ।
प्रतियोगिता ०७३ पछि हुन लागेको हो । प्रतियोगिताको विजेताले दुई लाख दुई हजार र उपविजेताले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ हात पार्नेछन् । । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले जनही पाँच हजार पाउने अग्रवालले बताए । आगामी वर्षमा प्रतियोगिताले निरन्तरता पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न १६ क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक मोहन ढकालले जानकारी दिए । प्रतियोगिता हेटौँडा– ५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुनेछ ।