हुन्डाईले ल्यायो ‘टेस्ट ड्राइभ एन्ड विन’ योजना

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

हुन्डाई नेपालले ‘टेस्ट ड्राइभ एन्ड विन’ योजना ल्याएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सो योजना ल्याएको छ । 
यस योजनामा ग्राहकले देशभरका हुन्डाई सोरुममार्फत हालसालै लन्च गरिएका नयाँ हुन्डाई क्रेटा र ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको छ । साप्ताहिक विजेताले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजेरेटर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

२८ साउनबाट दुई सातासम्म चल्ने यस योजनामा सबै इच्छुक व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई टेस्ट–ड्राइभ गर्न सक्नेछन् । क्याम्पेनको विजेता घोषणा साप्ताहिक रूपमा लक्की ड्रमार्फत हुनेछ । 

चाडपर्व नजिकिँदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकलाई  विभिन्न हुन्डाई मोडेलको टेस्ट ड्राइभ गर्ने अवसर प्रदान गरी आफ्नो गाडी किन्ने योजनामा थप मद्दत पुग्ने कम्पनीको भनाइ छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभरका १६ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ । 

कम्पनीले नयाँ हुन्डाई क्रेटा हालै मात्र सार्वजनिक गरेको छ । यसको बिक्री भने सन् २०१५ देखि नै सुरु गरेको थियो । प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी पाइने बताइएको छ । 

त्यस्तैे, मेड इन नेपाल हुन्डाई भेन्यु १.२ एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ एसएक्स मूल्य ५३ लाख ५६ हजार कायम गरिएको कम्पनीले जनाएको छ । ग्राहकले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी पाउनेछन् । 

See More On

सुझावित समाचार