पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

तस्बिर साैजन्य : सन्जय पोख्रेल/चुम्लीङ्गटार

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान करिब ७ बजे इच्छाकामना गाउँपालिका- ३, मौवाखोला र चुम्लिङटारमा माथिबाट खसेको लेदोसहितको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवं सूचना अधिकारी भानेश्वर रिजालका अनुसार मौवाखोलामा एकतर्फी सवारीसाधन सञ्चालनमा रहे पनि चुम्लिङटारमा दुईतर्फी नै सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन जनशक्ति र प्रविधि पुगिसकेको उनले बताए । 

सुझावित समाचार