चर्च ब्वाइजविरुद्ध पारो एफसी २-१ ले विजयी

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण
चर्च ब्वाइजविरुद्ध पारो एफसी २-१ ले विजयी

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका।

एएफसी च्यालेन्ज लिगको छनोट खेलमा भुटानको पारो एफसीले चर्च ब्वाइजलाई २-१ गोलले पराजित गरेको छ।

दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा  ६७औँ मिनेटमा विलियम ओपोकु ओसिइदुले गरेको गोलको मद्दतमा पारो एफसीले महत्त्वपूर्ण जित निकालेको हो।

खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो। खेलको ३८औँ मिनेटमा नेपालको चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गोल गरे। तर, चर्च ब्वाइजले एक मिनेट पनि अग्रता जोगाउन सकेन।

३९औँ मिनेटमा किंग्मा वाङचुकले पारोका लागि बराबरी गोल गरे। लगातारको वर्षाको कारण हिलाम्य भएको मैदानमा दुवै टिमको खेल प्रभावित देखिन्थ्यो।

सुझावित समाचार