सौन्दर्य सामग्री व्यवसायीहरूको छाता संगठन नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् । संघको साधारणसभाले तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा आनन्द श्रेष्ठ, प्रथम उपाध्यक्ष टेकबहादुर काफ्ले, उपाध्यक्ष सुभाष गोयल, सचिव केशव ज्ञवाली, सहसचिव नन्दीकेशर रिजाल र कोषाध्यक्ष नारायण न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरूमा मुकेश अग्रवाल, जीवनकुमार थापा, सुब्बा कार्की, डिल्लीप्रसाद खतिवडा र भुवल अधिकारी निर्वाचित भए । अध्यक्ष तिमल्सिनाले दुईवर्षे कार्यकालमा संघलाई उद्योग वाणिज्य महासंघको सदस्यता दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।