१५औँ महाधिवेशन लम्ब्याउन कुनै प्रपञ्च नगरौँ : शेखर कोइराला

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण
१५औँ महाधिवेशन लम्ब्याउन कुनै प्रपञ्च नगरौँ : शेखर कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५औँ महाधिवेशन गर्ने सुनिश्चितता गर्न माग गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले ०८२ मंसिरमा हुने महाधिवेशनको सुनिश्चितता यही केन्द्रीय समिति बैठकले नै गर्नुपर्ने बताए।

यो वा त्यो वहानामा महाधिवेशन सारे त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने उल्लेख गर्दै उनले भने, ‘कांग्रेसको १५औँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ।’

शेरबहादुर देउवाको नेृत्वमा पार्टीको जनाधार खुम्चिएको निर्वाचनले पुष्टि गरेको कोइरालाको भनाइ छ। गठबन्धनको कारण ठूलो दलको रूपमा संसदमा उपस्थित भए पनि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले प्रस्ट पारको उनले बताए।

गठबन्धन सरकारको नेतृत्व कांग्रेसको राजनीतिक प्रतिस्पर्धीले गरिरहेका उल्लेख गर्दै कोइरालाले भने, ‘हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन र भावी दिनमा के गर्लान् भनी अड्कल काट्न चाहन्न । तर, अहिले सरकारमा गएका हाम्रा साथीहरूले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु।’

सुझावित समाचार