अमेरिका–इजरायल टकराब र मध्यपूर्वको अशान्ति

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

इजरायलका प्रधानमन्त्री नेतन्याहुले अमेरिकी समकक्षी जो बाइडेनलाई भुलभुलैयामा राख्नुका साथै आफ्नो मनसायबारे सत्यतथ्य लुकाएका छन्

सन् २०२३ मा हालको इजरायल–गाजा युद्ध सुरु हुनु केही महिनाअघि प्रख्यात अमेरिकी विद्वान् नोम चोम्स्कीलाई संयुक्त राज्य अमेरिका र इजरायलबीचको सम्बन्धबारे सोधिएको थियो । चोम्स्कीले परिवर्तन भइरहेको संकेत गरे । उनले भने, ‘जब संयुक्त राज्यले इजरायलसँग केही माग गरेमा उसले पूरा  गर्नेछ ।’ अमेरिकाबाट इजरायलको स्वतन्त्रताको घोषणा गर्ने कुरामा इजरायली नेताहरू खुला भए पनि पछिल्ला वर्षमा अवस्था परिवर्तन भएको चोम्स्कीले बताए । ‘पहिलोपटक अमेरिका र इजरायलबीचको टकराव स्पष्ट भएको छ । संयुक्त राज्यले कस्तो प्रतिक्रिया दिनेछ भन्ने स्पष्ट छैन,’ उनले भने ।

गाजामा इजरायलको हालको युद्धले अब इजरायली असन्तुष्टिप्रति अमेरिकी प्रतिक्रिया कस्तो हुनेछ भन्ने खुलासा गरेको छ, त्यो हो सहमति । अमेरिकी स्थितिबारे इजरायली अनुपालनलाई जबर्जस्ती गर्न यसको पर्याप्त लाभ प्रयोग गर्नुको सट्टा राष्ट्रपति जो बाइडेनको प्रशासनले लगातार इजरायललाई झुक्याएको छ । यो प्रतिक्रियाले अमेरिकाको कमजोर धारणालाई देशबाहिर प्रोत्साहन गर्ने मात्र होइन, यसले उसको आन्तरिक मामिला र प्रजातन्त्रलाई समेत हानिकारक असर पार्न सक्छ ।

सहमतिको नमुना : हमासलाई ध्वस्त पार्ने लक्ष्यसहित इजरायलको धेरैजसो युद्ध योजनामा अमेरिका संलग्न रहेको भन्नेमा कुनै प्रश्न नै छैन, न त गाजामा इजरायलले हालसम्म गरेको हिंसामा बाइडेन प्रशासनले हस्ताक्षर गरेको छ । यद्यपि इजरायलले लगातार अमेरिकी सरकारको अडान, सल्लाह र आफ्नो युद्ध आचरणबारे बढिरहेका चिन्तालाई बेवास्ता गरेको यथेष्ट प्रमाण छन् । यसले गर्दा बारम्बार बाइडेन प्रशासनलाई इजरायलसँग मिल्दोजुल्दो हुन आफ्नो स्थिति र बयानबाजी परिवर्तन गर्न बाध्य तुल्यायो ।

बाइडेन प्रशासनले डिसेम्बरमा इजरायललाई गाजामा ठूला कारबाही रोक्नका लागि आह्वान गर्यो, जसलाई इजरायली सरकारले बेवास्ता गर्यो । प्यालेस्टिनी नागरिक हताहतका तस्बिर देखेर लज्जित बाइडेनले डिसेम्बर १२ मा भने कि इजरायलले गाजामा गरेको बमबारी ‘सामान्य’ जस्तो देखिन्छ । डिसेम्बर १४ मा बाइडेनले इजरायली सेनालाई ‘नागरिक जीवन बचाउन’ र आक्रमण गर्न ‘अझ बढी सावधान’ हुन आह्वान गरे ।

डिसेम्बर ८ मा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली रक्षामन्त्री योभ ग्यालान्टलाई गाजामा इजरायली हमला थप ‘सर्जिकल’ हुन, युद्धको ‘कम तीव्रता’ चरणमा जान र ‘नागरिकलाई क्षति कम गर्न’ आग्रह गरे । तर, इजरायलको तत्काल प्रतिक्रिया नागरिक क्षेत्रहरूमा आक्रमणलाई तीव्र पार्नु थियो । उदाहरणका लागि डिसेम्बर १४ मा कम्तीमा १७९ प्यालेस्टाइनी मारिए, जसमा दुई परिवारका दर्जनौँ सदस्य थिए । उनीहरूको घरमा इजरायली सेनाले बमबारी गरेको थियो । १५ डिसेम्बरमा पनि दर्जनौँ प्यालेस्टाइनीहरू मारिएका थिए, जसमा खान युनिसको संयुक्त राष्ट्र विद्यालयमा आश्रय लिइरहेका ३० भन्दा बढी व्यक्तिसमेत थिए । त्यसैगरी, डिसेम्बरको बाँकी अवधिमा ठूलो हताहत संख्या रिपोर्ट गरिएको थियो ।

जनवरीको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस क्षेत्रको भ्रमण गर्दा परिचित ढाँचा फेरि देखा पर्यो । उनी इजरायल पुग्नुअघि इजरायलले अल जजिराका पत्रकार हम्जा दहदौह र उनका सहकर्मी मुस्तफा थुरायालाई मारेको थियो । ब्लिन्केनले युद्ध ‘जति सक्दो चाँडो अन्त्य’ हुनुपर्ने आफ्नो इच्छा व्यक्त गरे । इजरायलले २४ घन्टाको अवधिमा १२६ प्यालेस्टाइनीको हत्या गर्यो ।

अमेरिकी अधिकारीले नागरिकलाई जोगाउन अन्य आह्वान गरे, तापनि नागरिक पूर्वाधार, अस्पताल, विद्यालय र विस्थापितका लागि शिविरहरूमा इजरायली आक्रमणहरू आजसम्म पनि कम भएका छैनन् । दक्षिणी गाजापट्टीमा रफाहको भूमि आक्रमणको नेतृत्वमा अमेरिकी चिन्ता र चेतावनीका लागि इजरायली बेवास्ता अझ स्पष्ट थियो । केही समयपछि बाइडेनले एक अन्तर्वार्तामा भने कि रफाहमा आक्रमण उनका लागि ‘रेड लाइन’ थियो । उपराष्ट्रपति कमला ह्यारिसलगायत अन्य अमेरिकी अधिकारीले पनि यसको विरोध गरे ।

इजरायलले अमेरिकी अनुमोदनविना रफाहमा आक्रमण गर्न लागेको स्पष्ट भए पनि अमेरिकाले रफाह आक्रमणका लागि ‘गम्भीर योजना’ आवश्यक पर्ने भनी आफ्नो बयानबाजीलाई सूक्ष्म रूपमा परिवर्तन गर्यो । इजरायली सेनाले आफ्नो आक्रमणलाई तीव्र पार्दै र सहरभित्र गहिरो प्रवेश गर्दा बाइडेन प्रशासनले इजरायलले कुनै पनि ‘रेड लाइन’ पार नगरेको बतायो । आक्रमणको परिणामस्वरूप एक लाख भन्दा बढी प्यालेस्टिनीहरूको विस्थापन र अन्य धेरैको नरसंहार भयो । तीमध्ये ४५ व्यक्ति पहिले ‘सुरक्षित क्षेत्र’ घोषित गरिएको पाल शिविरमा इजरायली आक्रमणमा मारिएका थिए ।

१० महिनाको युद्धमा इजरायलले प्यालेस्टिनी नागरिकलाई व्यवस्थित रूपमा मानवीय सहायताको आपूर्ति बढाउने अमेरिकी मागलाई बेवास्ता गरेको छ । अझ नराम्रो कुरा यसले प्यालेस्टिनी नागरिकलाई जबर्जस्ती भोकमरीमा राख्ने स्पष्ट नीति अपनाएको छ । आवश्यक स्थल क्रसिङ खोल्न मनाउन नसकेपछि र सायद मानवीय प्रकोपबाट विचलित हुने आशामा बाइडेन प्रशासनले गाजाको तटमा ३२० मिलियन अस्थायी घाट निर्माण गर्न आफ्नै सैन्य कर्मचारी पठाउने निर्णय गर्यो ।

सहायता वितरणका लागि पूर्ण रूपमा अपर्याप्त भनी आलोचना गरिएको उक्त घाट पूर्णरूपमा सञ्चालनमा आएको भए पनि गाजाको आवश्यकता पूरा गर्न सक्दैनथ्यो । स्थापना भएको केही हप्तापछि, घाट हटाउनुपर्यो, किनभने यो भत्किरहेको थियो ।

अमेरिकी हितमा सम्झौता गरिँदै : गाजामा मृत्यु हुनेको संख्या बढ्दै गएपछि अमेरिकीमा आक्रोश बढेको छ । यो भावना, जुन विशेषगरी डेमोक्रेटिक मतदातामाझ बलियो छ, नोभेम्बरको चुनावमा ‘बाइडेनलाई त्याग्ने’ आह्वान गर्ने अभियानको साथ राजनीतिक कार्यमा रूपान्तरण भएको थियो । घरेलु दबाब महसुस गर्दै मे ३१ मा बाइडेनले युद्धविराम योजना घोषणा गरे, जुन इजरायलले अगाडि बढाएको उनको दबाी थियो । उनको प्रशासनले बारम्बार संकेत गरेको छ कि इजरायली सरकारले पहिले नै सम्झौता स्वीकार गरिसकेको छ । यद्यपि, इजरायली मिडियाबाट भर्खरका रिपोर्टहरूले सुझाब दिन्छन् कि नेतन्याहुले बाइडेनलाई भुलभुलैयामा पारे । स्पष्ट रूपमा नेतन्याहुले इजरायली मनसायबारे बाइडेनसँग झुट बोले ।

नेतन्याहु झुट बोल्दै थिए भन्ने तुरुन्तै स्पष्ट नभए पनि अमेरिकी प्रशासनका लागि पर्खालमा लेखिएको हुनुपर्छ । इजरायली प्रधानमन्त्रीले बारम्बार सार्वजनिक रूपमा भन्न अस्वीकार गरे कि उनी युद्धविराममा सहमत थिए र कार्यमार्फत स्पष्ट गरे कि उनी युद्धविरामलाई कमजोर पार्न प्रतिबद्ध थिए । नेतन्याहुले गाजामा आक्रमण घटाउनुको सट्टा तीव्र पारे र इजरायलले ‘पूर्ण विजय’ प्राप्त नगरेसम्म युद्धको अन्त्य नगर्ने बताए । हालै इजरायलले प्यालेस्टिनी वार्ताकार इस्माइल हानियेको हत्या गर्यो, जुन तीव्र युद्धविराम वार्ता चलिरहेका वेला योजना गरिएको थियो । इजरायली सरकार युद्धविरामबारे गम्भीर छ भनेर सोच्नुभन्दा बाइडेन प्रशासनलाई त्योबारे राम्रोसँग थाहा हुनुपर्छ । आफूलाई यस्तो कमजोरीको स्थितिमा राख्नुभन्दा पनि यो राम्रोसँग थाहा हुनुपर्छ ।

अन्तर्राष्ट्रिय मामिलामा परम्परागत बुद्धि भनेको यो हो कि विश्वको एक मात्र महाशक्ति र इजरायली सेनाको मुख्य प्रायोजकको रूपमा अमेरिका आफ्नो धेरै सानो सहयोगीलाई साथ दिन्छ । तर, विगत १० महिनाले देखाएको छ कि जुत्ता अर्को खुट्टामा छ, यो इजरायल हो, जसले अमेरिकी सरकारमा बढी प्रभाव पारेको छ । उसले गाजा युद्धको लगभग हरेक मोडमा आफ्ना तानाशाह लादेको छ । अमेरिका–इजरायल सम्बन्धमा अमेरिका ‘जुनियर पार्टनर’जस्तो देखिएको सुझाब दिएसँगै अन्तिम नतिजा बाइडेन प्रशासनका लागि झन् धेरै लज्जास्पद भएको केही विश्लेषकले टिप्पणी गरेका छन् । अझ महŒवपूर्ण कुरा त इजरायललाई गाजा युद्धका सर्त निर्देशन गर्न अनुमति दिँदा अमेरिकाले आफ्नै स्वार्थसँग सम्झौता गरेको छ । अमेरिकाले हालै मध्यपूर्वमा जहाज र लडाकु विमान पठायो र एक सर्वांगीण क्षेत्रीय युद्धको सीमामा उभिएको छ, जसलाई त्याग्न ऊ निराश छ । जब गाजायुद्ध सम्झौतामा टुंगिन्छ, अमेरिका नरसंहारमा संलग्नको रूपमा देखिनेछ । तर, अमेरिकी राजनीतिको प्रभाव अझ दूरगामी हुनेछ ।

(डा. एलमासरी दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडिजका  प्राध्यापक हुन्) अलजजिराबाट

सुझावित समाचार