माइतीघर मण्डलामा राष्ट्रिय झण्डा फहराउन बनाइएको ठूलो पोलमा चढ्दै गरेकी एक महिलालाई सुरक्षाकर्मीले सुरक्षित रूपमा उतारेका छन्।
दुई वर्षसम्म सम्बन्ध रहेको पुरुषले विवाह नगरेको भन्दै गत एक महिनादेखि माइतीघर मण्डलामा धर्नामा बसेकी तारा शाही पोलमा चढेकी थिइन्।
उनी किन पोलमा चढेकी थिइन् भन्ने खुलेको छैन। पोलमा चढ्दै गरेको देखेलगत्तै सुरक्षाकर्मी पनि माथि चढेका थिए। सुरक्षाकर्मीले पहिले डोरीले सुरक्षित गरेपछि महिलालाई तल उतारेका थिए।



